काठमाडौं । पछिल्लो समय निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले तय गरेको मासिक लक्ष्यभन्दा छिटो काम भइरहेको दावी आयोजना प्रमुखले गरेका छन्।


ADVERTISEMENT


विमानस्थलको अन्तिम र संवेदनशील चरणको काम धमाधम भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारीले गरेका छन्।


ADVERTISEMENT

# # #


इन्जिनियर अधिकारी ३२ वर्षका मात्र भए। विमानस्थलले अधिग्रहण गरेको जग्गाको मुआब्जाका लागि बिहान ८ बजेदेखि नै निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको कार्यालयमा सर्वसाधारण जुट्न थाल्छन् । दैनिक २ सय ५० जनाको हाराहारी स्थानीय पुग्छन्।

स्थानीयको चित्त बुझाएर पठाएपछि आयोजनाका ठेकेदार र परामर्शदाता कम्पनीसित समन्वय गर्नुपर्छ। विमानस्थल निर्माण चुस्त बनाउन दैनिक कर्मचारी र कामदार गरी ४ सयलाई परिचालन गर्नुपर्छ। कामको अनुगमन छँदै छ।

स्थानीय प्रशासन, तालुक मन्त्रालय र दातृ निकायसित छलफल र समन्वय। कार्यक्षेत्रमै टुंग्याउनुपर्ने काम पनि धेरै छन्। ती कामको व्यवस्थापन ३२ वर्षीय आयोजना प्रमुख प्रवेश अधिकारीले गरिरहेका छन्।

युवा हाकिमले राष्ट्रिय गौरवको आयोजनाको नेतृत्व सम्हालेको भने ४ महिना भयो। ३ महिना निमित्त प्रमुख थिए। १ महिनादेखि उनलाई आयोजना प्रमुख तोकिएको छ। विमानस्थलको अन्तिम र संवेदशील चरणको काम अहिले धमाधम चलिरहेको छ। दिनरात काम गर्नुपरिरहेको उनले बताए। उनी यति व्यस्त छन् कि आयोजना प्रमुखको कुर्सीमा बस्नसमेत भ्याउँदैनन्।

भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन, ठेकेदार सहठेकेदारबीच लेनदेन विवादले ढिलाइ भएको हो। डिसेम्बर २०१७ भित्र निर्माण सकिनु पर्थ्यो। काम नभएपछि दोस्रो पटक म्याद थपेर सन् २०१९ जुनसम्म पुर्‍याइएको छ।

निर्माण पूरा भइसक्नु मितिमा यसको प्रगति करिब २५ प्रतिशतमा सीमित थियो। निर्धारित समयमा प्रगति नदेखिएपछि एसियाली विकास बैङ्क ९एडीबी० ले आयोजनालाई कालोसूचीमा राख्ने तयारी गरी आर्थिक सहयोग रोकेको थियो।

त्यसले यसको भविष्यलाई लिएर अन्योलता छायो। एडीबीको निर्णयपछि नागरिक उड्ययन प्राधिकरणले निर्माणको भुक्तानीका लागि आफैँले व्यवस्थापन गरेर भए पनि आयोजनालाई निरन्तरता दिने निर्णय गर्‍यो। त्यसपछि एडीबीले पुनस् सर्त राख्दै आयोजनाको पहिलो म्याद थप गरिएको अवधिमा ५० प्रतिशत कार्यप्रगति पुर्‍याउनुपर्ने लक्ष्य तोकेको थियो।

यही अन्योलका बेला प्राधिकरणले १० महिनाअघि अधिकारीलाई यहाँ खटाएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले कार्य मूल्याङ्नका आधारमा गौतम बुद्ध विमानस्थल आयोजना प्रमुखमा उनलाई पठाएको बताए।

मन्त्री अधिकारीले भने, ‘विमानस्थल निर्माणको सबै काम सन्तोषजनक रूपमा अघि बढेको छ।’ मन्त्री अधिकारीको बुझाइमा आयोजना प्रमुख प्रवेशले आयोजना निर्माण स्थलमा उत्पन्न हुने समस्याको समाधान तत्काल गरी काम अघि बढाउँदै आएका छन्।