काठमाडौं । टुर दी फ्रान्स विजेता ग्रेइन्ट थोमसले बीबीसी वर्षको उत्कृष्ट स्पोर्टस् व्यक्तिगत २०१८ अवार्ड जितेका छन् ।


ADVERTISEMENT


विश्व चर्चित साइकल र्याली टुर दी फ्रान्सको उपाधि जित्ने तेस्रो बेलायती चालक बनेका थोमसले फर्मुला वन चालक लुइस ह्यामिल्टन र हेरी केनलाई पछि पारे । दोस्रो स्थानमा ह्यामिल्टन आए भने तेस्रो स्थानमा हेरी केन रहे ।


ADVERTISEMENT

# # #


३२ वर्षीय थोमस भन्दा अगाडि क्रिस फ्रोम र सर ब्राड्ली विगिन्सले टुर दी फ्रान्सको उपाधि जितेका थिए । थोमसलाई सन् २०१७ का बीबीसी स्पोर्टस अवार्ड विजेता मो हराहले पुरस्कार हस्तान्तरण गरेका थिए । अघिल्लो महिनामात्र थोमस बीबीसी वेल्स बर्षको उत्कृष्ट खेलाडी बनेका थिए ।

यस्तै बीबीसी सो वल्र्ड स्पोर्टस स्टार मोलीनारी बने भने इंग्ल्याण्डको नेटबल टिमले दुई वटा अवार्ड हात पार्यो । जसमा एउटा वर्षको उत्कृष्ट टिमको अवार्ड जित्यो । बर्षको उत्कृष्ट प्रशिक्षक फुटबलका ग्यारेथ साउथगेट बने । उनको प्रशिक्षणमा इंग्ल्याण्ड रसिया विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।