काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् ।


ADVERTISEMENT


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको खेल मैदानमा आज पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।


ADVERTISEMENT

# # #


बिहान ११ बजेदेखि सुरु हुने खेलमा दुवै टिम जितको खोजीमा हुने छन् । पहिलो खेलमा आर्मीसँग २–२ गोलको बराबरी खेल्दै सनसनीपूर्ण प्रदर्शन गरेको एनआरटी त्यसयता सातौं खेलसम्म निरन्तर पराजित भएको छ । आफ्नो पराजित यात्रालाई रोक्नका लागि भएपनि हिमालयन शेर्पालाई हराउने दाउमा एनआरटी रहेको छ ।

यता, हिमालयन शेर्पा भने एनआरटीलाई पराजित गर्दै महत्वपूर्ण तीन अंक खोस्ने लक्ष्यमा रहेको छ । एनआटरी लिगको पुछारमा रहँदा हिमालयन शेर्पा लिगको सातौं स्थानमा छ । हिमालयन शेर्पाको ११ अंक रहेको छ ।

त्यस्तै, आजै हुने अर्को खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । हलचोकस्थित एपीएफको मैदानमा साढे २ बजे हुने खेलमा संकटा फ्रेन्ड्सविरुद्ध जितको खोजिमा हुने छ ।

संकटा लिगको तेस्रो स्थानमा रहेको छ । संकटाले आठ खेलबाट सात खेलमा जित र एक खेलमा हार ब्यहोर्दै २१ अंक बनाएको छ । यता, फ्रेन्ड्स क्लबको भने आठ खेलबाट पाँच अंक मात्रै रहेको छ ।

त्यस्तै, आजै २ बजेर ३० मिनेटमा हुने अर्को खेलमा सरस्वती युथ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।