काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ।


ADVERTISEMENT


बैठक दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ। यसअघि शनिबार दुई घन्टा बसेर बैठक स्थगित भएको थियाे।


ADVERTISEMENT

# # #


शनिबारकाे बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। दुवै अध्यक्षका तर्फबाट प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेता बामदेव गौतमले फरक मत राखेका थिए।

पार्टी सञ्चालन, सरकारको समीक्षा र आगामी कार्यभार समेटिएको अध्यक्षद्वयको प्रतिवेदनमा गौतमले ८ बुँदे फरक मत राखेका हुन्। उनको फरक मत सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ।

दुवै प्रतिवेदन अध्ययनपछि छलफल गर्ने भन्दै आजसम्मका लागि बैठक स्थगित गरिएक‍ो थियो। आजकाे बैठकमा दुवै प्रतिवेदन र पार्टीकाे तल्लाे तहकाे एकीकरणकाे सम्बन्धमा समेत छलफल हुने बताइएकाे छ।

शनिबारकाे बैठकमा अध्यक्ष ओलीले सरकार तथा अन्य समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राखेका थिए।

विधानमा तीन-तीन महिनामा बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक ५ महिनाभन्दा बढी अवधिमा शनिबार बसेको थियाे। यसअघि असार २१ गते छोटो समयको लागि बैठक बसेको थियो।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गत जेठ ३ गते एकता भए पनि तल्ला कमिटीको एकता भइसकेको छैन। केही हप्ताअघि प्रदेश कमिटी टुंगो लगाइए पनि जिल्ला तथा जनवर्गीय संगठनको एकताले अन्तिम रुप पाएको छैन। साथै, पोलिटव्युरोको चयन तथा केन्द्रीय सदस्यलाई जिम्मेवारी तय गरिएको छैन।