काठमाडौँ– साझा यातायाले अबदेखि ज्येष्ठ नागरिक र अपाङ्गलाई लाई निःशुल्क यात्रा गराउने भएको छ। ज्येष्ठ नागरिकका साथै, क र ख बर्गका अपाङ्ले पनि साझा यातायातका उपत्यका भित्र जुनसुकै बस चढ्दा भाडा तिर्नु नपर्ने साझा यातायातले जनाएको छ।


ADVERTISEMENT


अहिले साझा यातायातका बसहरू काठमाडौं उपत्यकासहित उपत्यका बाहिर पनि जाने गरेका छन्। यसैबीच साझाका सबै गाडीमा अब स्मार्ट कार्डबाटै भाडा तिर्न सकिने व्यवस्था मिलाउने तयारी साझाले गरेको छ। अहिलेसम्म १० वटा गाडीमा मात्र यो सेवा उपलब्ध छ।


ADVERTISEMENT

# # #


साझा यातायातले ल्याउने १२ वटा डिलक्स बस र एउटा सेमी लो फ्लोरबसका लागि महानगरले ५ करोड रूपैयाँ उपलब्ध गराएको छ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रमाझ महानगरपालिकाले साझालाई उक्त रकम हस्तान्तरण गरेको हो।