काठमाडौँ– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको पनि डिएनए रिपोर्ट नेगेटिभ आएको छ। हत्या अनुसन्धानका क्रममा गत मंसिर १९ गते काठमाडौँबाट पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डीएनए नमिलेको पाइएको हो ।


ADVERTISEMENT


केन्द्रीय प्रयोगशालाबाट आएको रिपोर्टलाई जिल्ला सरकारी वकिलको रोहबरमा कञ्चनपुर प्रहरीले मंगलबार वा बुधबार खोल्न सक्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


‘बलात्कारपछि हत्या गरेर गाउँकै उखुबारीमा भेटिएको निर्मलाको शवबाट निकालिएको ‘भजाइनल स्वाबसँग दुवैजनाको डिएनए मिलेको पाइएन’, उच्च स्रोतले भन्यो, ‘दुवैको डिएनए परीक्षणको रिपोर्ट विधि विज्ञान प्रयोगशालाले प्रहरी प्रधान कार्यालयलाई बुझाइसकेको छ। अब यसलाई जिल्ला सरकारी वकिलको रोहबरमा कञ्चनपुर प्रहरीले आज या भोलिसम्म खोल्नेछ।’

निर्मला हत्या अनुसन्धानका क्रममा हालसम्म कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १० जना बढीको डीएनए परीक्षण गरिसकिएको छ । तर ती कसैसँग पनि निर्मलाको स्वाब नमिलेपछि प्रहरी अनुसन्धान झन् जटिलतातर्फ धकेलिएको छ ।

पक्राउ परेका सबैको रिर्पोट नेगेटिभ आएपछि निर्मलाको भजाइनल स्वाब संकलन विधि नै गलत भएको आशंका बढ्न थालेको छ।