बैतडी– गए रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि अवरुद्ध भएको हो ।


ADVERTISEMENT


कञ्चनपुरस्थित देखतभुलीमा रहेको टेलिकम टावरको बिटीएस डाउन भएकाले सेवा अवरुद्ध भएको टेलिकम बैतडीका प्रमुख सुरत खड्काले जानकारी दिए । कञ्चनपुरको लालपुरस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा सुरक्षागार्डका रूपमा कार्यरत भीमदत्त नगरपालिका–१९ बागफाँटाका चन्द्रदेव भट्टको स्टेशनमै करेन्ट लागेर मृत्युको विषयमा विवाद हुँदा आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएकाले टावरको बिटीएस चार्ज हुननसकेको उनले बताए ।


ADVERTISEMENT

# # #


चार्जका लागि वैकल्पिक उपाय खोजी भइरहेकाले अवरुद्ध टेलिकम सेवाको समस्या केही समयपछि समाधान हुने बताइएको छ । मोबाइल सेवा अवरुद्ध हुँदा बैतडी र दार्चुलाका हजारौँ ग्राहकलाई समस्या हुनुका साथै सञ्चारविहीन भएका छन् ।