काठमाडौं –  माइक खोसाखोस भएपछि रोकिएको कांग्रेस महासमिति बैठक सुरु भएको छ।


ADVERTISEMENT


नुवाकोटाका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बोल्न खोज्दा सहमहामन्त्री डा. प्रकाशरण महतले माइक खोसेपछि विवाद हुँदा मंगलबार बिहान बैठक अवरुद्ध भएको थियो।


ADVERTISEMENT

# # #


दिउँसो ३ बजे पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति सदस्यको माग जायज भएको र विधान प्रिन्टको काम भइरहेकाले भोलि उपलब्ध हुने जानकारी गराएपछि बैठक सुरु भएको हो।

‘महासमिति सदस्यको विधानमाथिको चासो जायज छ। विधान प्रिन्ट गरेर ल्याउन कम्तिमा एक दिन लाग्छ। भोलिसम्ममा विधान उपलब्ध गराउँछौँ’, बैठक सुरु हुनुअघि प्रवक्ता शर्माले भने।

मनाङका महासमिति सदस्य चन्द्र घलेले विचार राखेसँगै बैठक सुरु भएको हो। महासमिति बैठक सुरु भएको चार दिनसम्म पनि पार्टीको विधान पेस नभएको भन्दै महासमिति सदस्यहरुले आपत्ति जनाउँदै आएका छन्। यही विषयमा केसीले बोल्दै गर्दा महतले माइक खोसेपछि तनाव भएको थियो।