काठमाडौँ– योगेन्द्र सिंह कार्कीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मदतमा काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको क्वालिफायर्रसमा काठमाडौँ किंग्स ११ लाई पराजित गर्दै ललितपु्र प्याट्रियट्स फाइनल प्रवेश गरेको छ । रोमाञ्चक खेलमा काठमाडौँ १ विकेटले पराजित भएको हो ।


ADVERTISEMENT


मंगलबार त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौँले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १०८ रन बनायो ।  १०९ रनको लक्ष्य पच्छ्याएको ललितपुले अन्तिम बलमा एक विकेट बाँकी छँदा पूरा गरेको हो । ललितपुरलाई जित दिलाउने क्रममा एकातिर विकेट गइरहँदा योगेन्द्रले २९ बलमा नटआउट २८ रन बनाए ।ललितपुरका लागि कुशल भुर्तेलले २९, ज्ञानेन्द्र मल्लले २१ रन बनाए भने पवन सर्राफ १८ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


काठमाडौँका लागि प्रदीप साहूले ३ विकेट लिए । निकै किफायती बलिङ गरेका उनले ४ ओभरमा जम्मा ११ रन खर्चिए । यस्तै केभिन ओब्राइन र रोहान मुस्ताफाका नाममा समान २/२ विकेट रह्यो । यस्तै सम्साद शेखले १ विकेट लिए ।

यसअघि काठमाडौँका लागि कप्तान रोहान मुस्ताफाले ३२ रन बनाए । उनले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे , यस्तै सागर पुनले ३० बलमा २९ रन जोडे । जसक्रममा उनले १ चौका र एक छक्का प्रहार गरे । यस्तै सिद्धान्त लोहनीले १६ रन बनाउँदा अन्यले दाहोरो अंक छुन सकेनन् ।

यता ललितपुरका लागि पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले उत्कृष्ट बलिङ गरेर । पवन सर्राफ र योगेन्द्रले समान ३ र३ विकेट लिँदा सन्नी पटेलले २ विकेट हात पारे । ४ ओभर बलिङ गरेका पवनले १३ रन खर्चिएर ३ विकेट लिए भने २।५ ओभरमा १८ रन खर्चिएर ३ विकेट हात पारे ।

सन्नी पटेलले २ विकेट लिँदा ललित नारायण राजवंशीका नाममा १ विकेट रह्यो । प्रतियोगितामा डेब्यू गरेका सूर्य तामाङले पनि आकर्षक बलिङ गरे । विकेट पनि लिन नसकेपनि उनले ४ ओभरमा १७ रन मात्र दिए ।

काठमाडौँले फाइनल प्रवेशका लागि बुधबार हुने शरद भेषवाकरको भैरहवा ग्लाडियटर्स र दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्सबीचको विजेतासंग बिहीबार भिड्नेछ । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।