विराटनगर– यही असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचनलाई ध्यानमा राखी मोरङ जिल्लाको भारतसँग सीमा जोडिएको क्षेत्रमा नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ ।


ADVERTISEMENT


सीमा नाका बन्द भएसँगै दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती सुरु गरेका छन् । मोरङ जिल्लाको ६३ किमी लामो सीमा क्षेत्रको दशगज्जा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले आ–आफ्नो क्षेत्रबाट संयुक्त रुपमा गस्ती सुरु गरेको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बताए।


ADVERTISEMENT

# # #


नेपालतर्फको दशगज्जा क्षेत्रमा नेपाल प्रहरी र भारततर्फको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले गस्ती गर्ने गरेको र केही समस्या आएमा संयुक्त रुपमा सुरक्षा समन्वय गर्ने गरेको प्रहरी प्रमुख भण्डारीले बताए ।

नेपाल तर्फबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा भारतीय क्षेत्रमा भारतीय सुरक्षा बल परिचालन गरिएको छ ।