काठमाडौँ– वरिष्ठ लेखक लक्ष्मण बजगाईँको ‘यसो गरे कसो होला ?‘ नामक पुस्तक बजारमा आएको छ ।


ADVERTISEMENT


हरि ओम बालमुकुण्दाय नमः रियल स्टेट प्रालिले प्रकाशित गरेको उक्त पुस्तकमा नेपालको संविधान निर्माणपछि उत्पन्न समस्या, राजनीतिक क्षेत्रमा बढेको विकृति तथा भ्रष्टाचार, देशको आर्थिक तथा सामाजिक समीक्षाका विविधि २७ लेख समावेश छन् ।


ADVERTISEMENT

# # #


सो पुस्तकको विमोचन गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता आनन्दप्रसाद पोखरेलले उक्त पुस्तकमा लामो समयदेखि राजनीतिमा भएका विकृतिको सुधारमार्गमा लक्षित हुन लेखकले पुस्तकमार्फत अपिल गरेको बताए ।

वरिष्ठ पत्रकार हरि लम्सालले कथा, उपन्यास, जीवनी तथा दर्शनका पुस्तक लेखिसक्नुभएका लेखक बजगाईंको पुस्तक राजनीतिक तथा सामाजिक सुधारको मार्ग देखाइएको बताए ।

सो प्रालिका प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद सुवेदी, पत्रकार विकास थपलिया, नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्लाका सचिव मनप्रसाद पन्तलगायतका वक्ताले दुई दशकमा १६ वटा पुस्तक लेखेर लेखकले चुनौतीपूर्ण काम गरेको बताउँदै पछिल्ला पुस्तक पाठकका लागि उपयोगी हुने विचार व्यक्त गरे ।