काठमाडौं । पूर्वप्रधानमन्त्री स्वर्गीय डा.तुलसी गिरीको आज अन्त्येष्टि गरिएको छ ।


ADVERTISEMENT


काठमाडौंको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा उनको अन्त्येष्टी गरिएको हो ।


ADVERTISEMENT

# # #


सरकारले पूर्वप्रधानमन्त्री गिरीको दाहसंस्कार राजकीय सम्मानका साथ गर्न राखेको प्रस्ताव परिवारले अस्वीकार गरेको थियो ।

गिरीले जिवितै छँदा आफूलाई सर्वसाधारणको जस्तै गरी पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा दाहसंस्कार गर्न भनेकाले सोहीअनुसार गरिएको परिवारका सदस्यहरुले बताएका छन् ।

९३ वर्षीय गिरीको हिजो काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा निधन भएको थियो । गिरीलाई निर्दलीय पञ्चायती व्यवस्थाको सूत्रधार को रुपमा लिईन्छ ।

२०१७ सालको कदम पछि राजा महेन्द्रलाई साथ दिएका गिरी अन्तिम अवस्था सम्म पनि नेपालमा राजतन्त्र पक्षमा अडिग रहेका थिए ।

२०३६ सालमा राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गर्दा सार्वजनिक रुपमा विरोध गर्ने गिरी बालिग मताधिकारको व्यवस्था गरेपछि असन्तुष्टी जनाउदै श्रीलंका गएका थिए ।

राजा ज्ञानेन्द्रको शाही कदम पछि नेपाल फर्किएका गिरी ज्ञानेन्द्रको अध्यक्षयतामा गठित मन्त्रिपरिषद्मा उपाध्यक्ष भएका थिए ।

गणतन्त्र पछि नेपालमा नै रहेका गिरीले नेपालमा राजसंस्था विदेशी स्वार्थ र दलिय अकमण्र्यताका कारण अन्त्य भएको र भूराजनैतिक कारणले राजसंस्था अपरिहार्य भएको बताउँदै आएका थिए ।