पौष ४, काठमाडौं । चलचित्र ‘लभ स्टेशन’ चैत १ गते रिलिज हुने भएको छ ।


ADVERTISEMENT


सिनेमाका प्रस्तुतकर्ता एवम् वितरक गोबिन्द शाहीले बुधबार ‘लभ स्टेशन’को रिलिज मिति घोषणा गरेका हुन्।


ADVERTISEMENT

# # #


‘मैले वितरण गरेको चलचित्र क्याप्टेन १७ फागुनमा, साईंली १५ चैतमा र ए मेरो हजुर ३ को रिलिज २९ चैतमा गरिने भएपछि यी चलचित्रको प्रदर्शन व्यबस्थित गर्न पनि लभ स्टेशनलाई १ चैतमा रिलिज गर्ने निर्णय गरिएको हो’, शाहीले भने।

सिनेमामा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ प्रमूख भूमिकामा रहेका छन्।

सिनेमामा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

उज्ज्वल घिमिरे निर्देशित सिनेमा सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो ।

हाल पोस्टप्रोडक्सनमा रहेको सिनेमाका दुई गीतको छायाँकन बाँकी रहेको छ।

लभ स्टेशनमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा आलोक शुक्लाको छायाँकन रहेको छ ।