काठमाडौँ– स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का मा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको छ ।


ADVERTISEMENT


पैँतीस जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवम् उत्साहजनक रुपमा मतदान जारी रहेको र प्रारम्भिक विवरणमा आठ हजार तीन सय ६४ मतदान केन्द्रमध्ये केही केन्द्रमा वर्षात्को कारणले मतदान सुरु हुन ढिलाइ भएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माबाट जारी विज्ञप्तिमा पूर्वी पहाडका केही स्थानमा वर्षात् भए पनि मतदाता उत्साहका साथ शान्तिपूर्वक मतदानका लागि पङ्क्तिबद्ध छन् ।


ADVERTISEMENT

# # #


स्थानीय तहहरुका मतदान केन्द्रको व्यवस्थापन गरी स्थानीयस्तरमा नै त्रिपाललगायत सामग्री र मतदान केन्द्रलाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय नागरिक समाजलगायतबाट प्राप्त सहयोगप्रति आयोगले धन्यवाद व्यक्त गरेको छ ।

एक सय तेह्रवर्षीयाबाट मतदान

बैतडी जिल्लाको सुरनया गाउँपालिकाको भूमिराज निमावि मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीया पशुपति साउदले मतदान गर्नुरेका छन् । त्यसैगरी दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी १०५ वर्षीया कलशी भट्टले भूमिराज निमावि, तौकी मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेकी छन् ।

दोस्रो चरणमा एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका, दुई सय १५ गाउँपालिकामा गरी १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् । तीमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

मतदानका लागि पाल्पा रैनादेबी छहरा गाउँपालिका–५ मुझुङका ७२ वर्षीय तेजबहादुर छहरीलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रसम्म लैजाँदै

सबै  तस्बिर : रासस