काठमाडौं । फरवार्ड ग्यारेथ बेलले ह्याट्रिक गरेपछि युरोपेली च्याम्पियन रियल म्याड्रिड जापानी क्लब काशीमा एन्टलर्सलाई पराजित गर्दै क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार रियलले काशीमालाई ३-१ ले पराजित गर्दै उपाधि भिडन्त तय गरेको हो ।


ADVERTISEMENT


रियलले पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा अग्रता बनाएको थियो । बेलले गोल गर्दै रियललाई खेलमा अगाडी बढाए । दोस्रो हाफको सुरुवातमै दुई गोल थप्दै बेलले ह्याट्रिक पूरा गरे । ५३ अौं मिनेटमा अग्रता दोब्बर पारेका बेलले दुई मिनेटमै ह्याट्रिक प्रहार गरे ।


ADVERTISEMENT

# # #


काशीमाका लागि शोमा डोईले ७८ अौं मिनेटमा गोल फर्काएपनि उक्त गोल सान्त्वनामा नै सिमित भयो । रियलले अब फाइनलमा स्थानीय क्लब अल अाइनको सामना गर्नेछ । अल आइनले रिभर प्लेटलाई पेनाल्टीमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

रियल लगातार तेस्रो पटक क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो । शनिबार हुने फाइनलमा विजयी भए रियलले उपाधिमा ह्याट्रिक गर्नेछ ।