काठमाडौँ– मारुती सिमेन्ट लिमिटेडले निर्माणकर्मी (राजमिस्त्री) हरुका लागि निःशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च योजना ल्याएको छ । कम्पनीले हेटौंडा, चितवन, पोखरा, आबुखैरेनी लगायत काठमाडौँ उपत्यकामा ‘निर्माणकर्मी भेटघाट’ कार्यक्रमको आयोजना गर्दै उक्त योजना सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


उक्त उक्त कार्यक्रमा निर्माणकर्मीहरुलाई सुरक्षित निर्माणसम्बन्धी विभिन्न जानकारी दिँदै पाँच लाख बराबरको निशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च योजना प्रदान गरिएको छ । कार्यक्रमा ५ सय भन्दा बढी निर्माणकर्मीहरुको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


मारुती सिमेन्टका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले बीमा योजना वितरण गर्दै निर्माण क्षेत्रमा कार्यरत निर्माणकर्मीहरुलाई आफ्नो काममा लगनशील रहन हौसला प्रदान गर्ने मारुती सिमेन्टको प्रयास रहेको कुरा बताए । उनले देशभरी नै यो कार्यक्रममार्फत अन्य निर्माणकर्मीलाई पनि प्रोत्साहन गर्दै जाने कम्पनीको योजना रहेको जानकारी दिए ।

यस्तै कार्यक्रममा कम्पनीका टेक्निकल को–अर्डिनेटर निशान श्रेष्ठले सुरक्षित निर्माणमा निर्माणकर्मीको अहम भूमिका रहने कुरा बताउँदै निर्माणको गुणस्तर तथा मजबुतिका विभिन्न पक्षको बारेमा जानकारी दिए।

कार्यक्रममा सहभागी निर्माणकर्मीहरुलाई निर्माण सम्बन्धी औजार, निर्माण गाईड पुस्तिका र विभिन्न बजार प्रवद्र्धनका सामानहरु समेत प्रदान गरिएको थियो । सिरहा जिल्लाको चन्द्रउदयपुरमा अवस्थित यो उद्योगले विगत एक दशक देखि मारुती ब्राण्डको अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) उत्पादन गर्दै आएको छ ।