काठमाडौँ– तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ ।


ADVERTISEMENT


सूचना छिटो छरितो पुर्याउन सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडाको एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल फोन दिइने व्यवस्था गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले जानकारी दिए।


ADVERTISEMENT

# # #


उनका अनुसार नगरभरिको १३७ महिला स्वयंसेविकालाई वार्षिक रु एक हजारको रिचार्ज कार्ड दिइने छ भने प्रत्येक वडाको एक महिला स्वयंसेविकालाई एक सेट मोबाइल फोन र रिर्चाज कार्ड दिइने व्यवस्था रहेको प्रमुख गिरीले बताए ।

वडाका एक स्वयंसेविकाको संयोजकमा अन्य महिला स्वास्थ्य स्वयंसेविकालाई आगामी कार्यक्रमको बारेका सोही फोनबाट जानकारी दिनुपर्ने छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिन पर्ने भएकाले उनीहरुलाई थप सुुविधा होस् भनेर यस खालको कार्यक्रम ल्याइएको हो ।

यस खालको सञ्चार सुविधाबाट सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउने जस्ता स्वास्थ्यका आधारभूत विषयमा सहयोग पुग्ने वडा नं ९ का स्वास्थ्य स्वयंसेविका लक्ष्मी अधिकारीले बताए ।