बाजुरा– सुदूरपश्चिम प्रदेशको ढुकढुकी देउडा गीत पछिल्लो समयमा आएर लोप हुँदै गएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टालाई बजारमा टिक्न र बिक्न समस्या भएपछि देउडा गीत पछिल्लो समय लोप हुँदै गएको हो ।


ADVERTISEMENT


समयको परिवर्तनसँगै बजारको मागअनुसारका रिमिक्स, आधुनिक, लोकगीत, सङ्गीतले छुट्टै पहिचान बोकेपछि सुदूर तथा मध्यपश्मिकै देउडा संस्कृति पछिल्लो समयमा सङ्कटमा परेको देउडा गायिका सुना विकले बताए ।


ADVERTISEMENT

# # #


मेला पर्व ऋतुलाई रमाउन गाइने ठाडी भाका, देउडालाई बिर्सेर पछिल्लो समयमा लोकदोहोरी, आधुनिक, गजल तथा अन्य विभिन्न किसिमका गीत बजारमा गुञ्जिन थालेपछि देउडाको अस्तित्व नै सङ्कटमा परेको चर्चित देउडा गायक प्रकाश थापाले बताए।

२०५६ मा “सुदूरपश्चिम विकटै भएनी सम्झना छ मैमरी गएनी” बोलको पहिलो देउडा गीत गाएका थापाले हालसम्म पाँच सय बढी लोकदेउडा गीत गाइसकेको जानकारी दिए । विश्व बजारमा प्रविधिले एकतर्फीरूपमा विकास गरेपछि देउडा संस्कृति सङ्कटमा पर्दै गएको हो । प्रविधिको कारणले नै सुदूरपश्चिम तथा मध्यपश्चिमको देउडाको अस्तित्व घट्दै गएकाले यसको जगेर्ना गर्न दिनरात लागि परेको सुदूरसाहित्यिक प्रतिष्ठान बाजुराका अध्यक्ष एवं देउडा गायक हर्क खडायतले बताए ।

घाँसपात मेला पर्व, छठ, जन्त, बरियाँतमा गाइने भारी खेल, ठाडी भाका, देउडालाई बिर्सेर पछिल्लो समय लोकदोहोरी, आधुनिक, गजल तथा अन्य विभिन्न किसिमका रिमिक्स गीतले बजार तताइरहँदा देउडा गीत लोप हुँदै गएको बताइएको छ ।