काठमाडौँ– नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिगबास लिगमा आफ्नो डेब्यू खेलको दुई विकेट लिएका छन् । उनले पहिलो ओभरमा दुई विकेट लिए पनि पछि भने रन खर्चिन पुगे ।


ADVERTISEMENT


सिड्नी थण्डरविरुद्ध भइरहेको खेलमा मेलवन स्टार्सका लागि सन्दीपले विकेट दिलाए । चार ओभर बलिङ गर्दै उनले ३६ रन खर्चिए ।


ADVERTISEMENT

# # #


सन्दीपले पहिलो विकेटका रुपमा सिड्नीका कप्तान शेन वाट्सनलाई २२ रनमा निक लाक्रिनको हातबाट क्याच आउट गराए । यस्तै दोस्रो विकेटका रुपमा क्यालुम फ्रग्सनलाई उनी आफैले क्याच गरे ।

निर्धारित २० ओभरमा सिड्नीले ५ विकेटको क्षतीमा १८१ रन बनाएको छ । उसका लागि जासोन सिंगाले ३६ बलमा अविजित ६३ रन बनाए । जसक्रममा सिंगाले चार चौका र चार छक्का प्रहार गरे । उनले तीन छक्का सन्दीपलाई हानेका थिए । यस्तै शेन वाट्सन २२, जेस बुट्लर २० रन बनाएर फर्किँदा जोय रुट १८, क्यालुम फ्रग्सन १५ रनमा आउट भए ।

यता मेलवर्नका लागि सन्दीप लामिछाने र अदाम जाम्पाले समान २२ विकेट लिए । डायन ब्राभोले १ विकेट हात पारे । १८२ रनको चैनोति पच्छ्याएर मेलबर्न जवाफी ब्याटिङमा उत्रिँदैछ ।

फोटो : क्रिकेट अष्ट्रेलिया