सुदुरपश्चिमका रवि ओड दोस्रो नेपाल आइडल बनेका छन्। शुक्रबार साँझ पुल्चोकको इन्जिनरिङ ग्राउण्डमा भएको फाइनल स्पर्धामा सर्वाधिक भोट बटुल्दै उनी नेपाल आइडल बनेका हुन्।


ADVERTISEMENT


उनले विजेता बनेसँगै गोल्डेन ट्रफी सहित नगद २२ लाख जितेका छन् । उनले होन्डाको आरभी कार समेत जितेका छन्। यसका अलावा ओप्पोको फोन जितेका छन्।


ADVERTISEMENT

# # #


अवार्ड जितेपछि ओडले यो क्षणलाई बयान गर्न नसकिने प्रतिक्रिया दिएका छन्। उनले चारै जना नेपाल आइडलको विजेता बनेको पनि बताए।

सोही प्रतियोगितामा बिक्रम बराल फस्ट रनरअप बने भने सुमित पाठक सेकेन्ड रनरअप बनेका छन्। फस्ट रनरअप बन्दै बरालले सिल्भर ट्रफी २० लाख नगद पुरस्कार प्राप्त गरे भने सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए ।

त्यस्तै अस्मिता अधिकारी थर्ड रनरअप बनेकी छन्। उनले होन्डाको स्कुटर पाएकी छन् ।