काठमाडौँ– भक्तपुरको सूर्यबिनायकमा प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले सूर्यबिनायक नगरपालिकामा ६७ औँ शाखाको शुभारम्भ गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले आइतबार एक समारोहकाबीच उदुघाटन गरेका हुन् । बैंकले आगामी दिनहरुमा पनि नयाँ शाखाहरु विस्तार गर्ने प्रतिवद्धता जनाएको छ ।


ADVERTISEMENT

# # #