काठमाडौँ– शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी “लक्ष्मी हातमा देव दर्शण शिवम्का साथमा” नामक नयाँ योजना बजारमा ल्याएको छ ।


ADVERTISEMENT


हरेक वर्ष आफ्ना ग्राहकहरुलाई लक्षित गरी कदरस्वरुप नयाँ नयाँ योजनाहरु बजारमा ल्याइरहेको शिवमले यस वर्ष पनि ग्राकहका लागि “लक्ष्मी हातमा देव दर्शण शिवम्का साथमा” नामक नयाँ योजना सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


यो योजना सिमित अवधिका लागि नेपाल अधिराज्यभरि लागू गरिएको कम्पनीले जनाएको छ । शिवमका अनुसार उक्त योजनामा प्रत्येक १० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्न सकिने र उक्त कुपनको स्क्र्याच गर्ने भागमा स्क्र्याच गरि २.५ ग्राम देखि १० ग्राम सुनको सिक्का वा १०० देखि  १००० सम्मको नगद पक्का जित्न सकिनेछ ।

नगद पुरस्कार तुरन्तै वितरकबाट प्राप्त गर्न सकिनेछ भने, सुनको लागि ९८०१११४६५८ मा सम्पर्क गरी नजिकको वितरक वा शिवम् सिमेन्टको शाखा कार्यालयबाट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

तस्बिर : केशव अर्याल

यस्तै शिवमले गोसाईकुण्ड हेलिकप्टर यात्राको लागि कुपनको अर्धकट्टीमा आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा लेखि लक्की–ड्र बक्समा हाल्नु पर्ने बताएको । संकलित कुपनहरुलाई शिवम् सिमेन्टको आधिकारीक फेसबुक पेजबाट प्रत्यक्ष लाइभ गरी लक्की–ड्र गरि विजेताहरु चयन गरिनेछ । विजेताहरुको हकमा कुपनमा उल्लेखित मोबाइल नम्बरलाई मात्र मान्यता दिईने र उक्त मोबाइल नम्बर बाहकलाई मात्र पुरस्कार प्रदान गरिने बताइएको छ ।

“गुण्स्तरको पहिचान हो शिवम्”, “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ”, “क्यालिटीको को मामलामा नो कम्पर्माइज”, तथा “अटुट कम्प्रसिभ स्ट्रेन्थ” जस्ता मुल नाराका साथ देशभर सिमेन्ट उपलब्ध गरिरहेको छ ।