काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा–२ अर्चलबोट स्थित “अर्चलबोट आमा समूह” लाई एक कार्यक्रमका बीच डस्ट्विन लगायतका सरसफाइका सामग्री प्रदान गरेको छ ।


ADVERTISEMENT


आइतबार आयोजित एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्ल तथा बैंकका सञ्चालक सदस्यद्वय चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र पूर्व संचालक विष्णु राज पराजुलीले संयुक्त रुपमा आमा समूहका अध्यक्ष कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


सञ्चालक सदस्य चतुराखर अधिकारीले आमा समूहको महत्वपूर्ण भूमिकाले भविष्यमा सकरात्मक परिवर्तन ल्याउने सक्ने र बैंकले उक्त सामाग्रीहरुको पूर्ण सदुपयोग हुने विश्वास लिएको व्यक्त गरे ।

यस्तै बैंकका सञ्चालक देवकृष्ण काफ्लेले स्वच्छ सफा पोखरा अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नं. २ अन्तर्गतका सडकहरुमा सरसफाइमा सहयोग पुर्याउने उद्देश्यले उक्त सामाग्रीहरु प्रदान गरिएको बताए ।