काठमाडौँ– एनआईसी एशिया बैंकले सुनसरीको प्रकाशपुर र इनरुवामा २ नयाँ शाखा कार्यालयहरु सुरु गरेको छ ।


ADVERTISEMENT


सुनसरीको इनरुवा नगरपालिका वडा नं. १ शान्तिचोक स्थित इनरुवा शाखा र बराहक्षेत्र १०, सुनसरी स्थित प्रकाशपुर शाखा सञ्चालनमा आएका हुन् । इनरुवा शाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहता र प्रकाशपुर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले आइतबार उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।