काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद मोहम्मद अफताव आलमले सिंगो गाउँलाई नै नेपाली कांग्रेसमा प्रवेश गराएका छन् । नेता आलमले रौतहटको राजपुर नगरपालिका–२ फतुवा महेशपुर गाउँका करिब ५ सय जनालाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।


ADVERTISEMENT


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र मधेश केन्द्रित दलबाट उनीहरु कांग्रेस प्रवेश गरेका हुन् । नव आगन्तुकलाई फूलमाला लगाइदिँदै नेता आलमले मधेश केन्द्रित पार्टीले जनताले धोका दिएकाले कांग्रेसमा प्रवेश गर्नेको जनलहर लागेको बताए । यस्तै उनले निर्वाचन अघि जनताले नेकपाको सरकार बनेमा मजदुरको सरकार हुन्छ भन्ने विश्वास गरेपनि अहिले सरकारले धोका दिएको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


मधेशी जनताका दुःख नेपाली कांग्रेसले मात्रै बुझ्ने भएकाले यो देशमा कांग्रेसको विकल्प नरहेको उनले जिकिर थियो ।