पोखरा– चिल्ड्रेन नेपाल र लायन्स क्लब अफ पोखरा गण्डकीद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर मङ्गलबार सम्पन्न भएको छ ।


ADVERTISEMENT


शिविरमा चिल्ड्रेन नेपालबाट सहयोग प्राप्त गरेका अभिभावक र बालबालिकासहित दुई सय ४८ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।


ADVERTISEMENT

# # #


मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा बालरोग, स्त्रीरोग, हाडजोर्नीलगायतको सेवा प्रदान गरिएको लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष शारदा शर्माले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिकाका–७ का अध्यक्ष रामचन्द्र बरालले शुभारम्भ गरेका थिए ।