काठमाडौं । संयुक्त राष्ट्र संघले ग्वाटेमालाकी ७ वर्षिया बालिका जाकेलिनको अमेरिकी हिरासतमा भएको मृत्युको निस्पक्ष छानबिन हुनुपर्ने जनाउँदै यसरी बालबालिकालाई हिरासतमा नलिन अमेरिकालाई आग्रह गरेको छ ।


ADVERTISEMENT


राष्ट्र संघका मानवअधिकार सम्बन्धी रापोर्टर फेलिप गोन्जालेज मोराल्सले ज्याकलिनका परिवारका सदस्यलाई कानुनी उपचारकोलागि पहुँच दिन समेत अमेरिकालाई आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


कुनै अमेरिकी अधिकारी सो घटनामा दोषी पाइए उनीहरुलाई कारवाहीको दायरामा ल्याइनुपर्ने समेत राष्ट्र संघका ती अधिकारीले बताएका छन् ।

ज्याकलिन र उनका पिता डिसेम्बर ६ का दिन अन्य १६० जना आप्रवासीको समूहसहित मेक्सिको र अमेरिकाको सीमामा पुग्दा अमेरिकी अधिकारीहरुले पक्राउ गरेपछि हिरासतमा लिएको दोस्रो दिन उनको मृत्यु भएको थियो । सो घटनापछि थुप्रै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनहरुले बालबालिकालाई त्यसरी हिरासतमा नलिन अमेरिकालाई आग्रह गरिसकेका छन् ।
(तस्विर : मृत्यु भएकी बालिका)