काठमाडौं । एक नेपालीले मोबाइल तथा टेलिफोनमा औसतमा मासिक २४१ रुपैयाँ खर्च गर्ने तथ्यांक सार्वजनिक भएको छ ।


ADVERTISEMENT


गत आर्थिक वर्षमा मोबाइल तथा टेलिफोनमा कुराकानी र्न र इन्टरनेट चलाउन गरेको कूल खर्च नेपालको कूल जनसंख्याको आधारमा औसत खर्च निकालिएको हो ।


ADVERTISEMENT

# # #


औसतमा टेलिफोनमा कुराकानी गर्नेमात्रै एक नेपालीले मासिक १७७ रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ ।

नेपाल टेलिकम र एनसेलले दूरसञ्चार प्राधिकरणमा बुझाएको प्रतिवेदनअनुसार गत आर्थिक वर्ष मोबाइल तथा टेलिफोन सेवामा कूल ७६ अर्ब ६३ करोड ८ लाख रुपैयाँ खर्च भएको छ ।