धनगढी– नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ ।


ADVERTISEMENT


बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।


ADVERTISEMENT

# # #


उनलाई बिहान पौने ९ः०० बजे अस्पताल पुर्याइएलगत्तै चिकित्सकले मृत घोषित गरेको सेती अञ्चल अस्पताल प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिए ।

रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको छ भने उनी कान्छी आमा विष्णा ओडसँग हुर्केका थिए ।