काठमाडौं । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यास्टललाई पराजित गरेको छ ।


ADVERTISEMENT


बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लिभरपुलले न्युक्यास्टललाई ४-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह, डेजान लोभ्रेन, शाकिरी र फाबिन्होले गोल गरे ।


ADVERTISEMENT

# # #


खेलको ११औं मिनेटमा लोभ्रेनको गोलबाट लिभरपुलले सुरुवाती अग्रता बनाएकेा थियो । पहिलो हाफमा १-० गोलअन्तरले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो ।

लिभरपुलका लागि ४७औं मिनेटमा सलाहले पेनाल्टीबाट गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए ।

खेलको ७९औं मिनेटमा शाकिरीले गोल गर्दै लिभरपुललाई तेब्बर अग्रता दिलाएका थिए । एकपछि अर्को आक्रामक खेल खेलेको लिभरपुलले खेलको ८५औं मिनेटमा अर्को गोल गर्न सफल भयो ।

यो पटक भने फाबिन्हो गोल गरेका थिए । बाँकी समयमा गोल हुन सकेन र लिभरपुलले न्युक्यास्टललाई ४-० गोलअन्तरले पराजित गर्न सफल भयो ।

जितपछि लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले १९ खेलबाट ५१ अंक बनाएको छ । पराजित न्युक्यास्टलको भने १९ खेलबाट १७ अंक रहेको छ ।