हेटौंडा । प्रदेश सभा ३ को जारी बर्षे अधिवेशन आजबाट अन्त्य हुँदैछ ।


ADVERTISEMENT


प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यलयबाट प्राप्त पत्र पढेर बैठक अन्त्य भएको घोषणा गर्नुहुने संसद सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सरकारको सिफारिसको आधारमा प्रदेश प्रमुखले संसद अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

प्रदेश सवारी तथा यातायात सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार छलफल पछिको प्रतिवेदन निर्णयार्थ पेश हुने कार्य व्यवस्था परामर्श समितिका सचिव सुनिता गजुरेलले जानकारी दिए।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएपनि अवधी नपुगेको कारण कार्यसूचीमा चढेको छैन । स्थानीय तहका पदाधिकारी र सदस्यहरुको सेवा सुविधा ऐनमा पनि संशोधन गर्नुपर्ने भएकाले संशोधन सम्बन्धी दुवै ऐन एकैपटक प्रस्तुत गर्ने दलहरुका बीचमा सहमति भएको छ ।