काठमाडौं– रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गतको दोस्रो महिनाको विजेता घोषणा गरेको छ ।


ADVERTISEMENT


रियामार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही विजेन्द्र थापा सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट दोस्रो महिनाको विजेता घोषित भएका हुन् । सेवाग्राही मल्लले नगद १ लाख प्राप्त गरेका छन् । आइएमई केन्द्रीय कार्यालय आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले विजेता बिविजेन्द्रको सिफारिसमा उनकी आमा चिनु माया थापालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


गत असोज ७ गतेदेखि मङ्गसिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट दुईजना विजेता घोषित भइसकेको कम्पनीले जनाएको छ ।

आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको थियो । योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत रू.१००० को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू। १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू। २० (बिस) लाख नगद प्रदान गर्ने गरि कार्यक्रम तय गरिएको थियो ।