काठमाडौं । नेपाली समाजमा उखानै छ ‘सियो भएर छिर्ने फालि भएर निस्कने’ । यही उखानलाई चरितार्थ गर्ने आफ्नै ड्राईभरका कारण राजदूत लक्की शेर्पा यतिबेला तनावमा छिन् । राजदूतको ड्राईभरका रुपमा अस्ट्रेलिया पुगेसंगै ठगीधन्दा मच्चाएर धेरैसंग पैसा उठाएका वाङ्छु शेर्पा नाम गरेका व्यक्ति फरार छन् ।


ADVERTISEMENT


२०१७ को जुन महिनामा अस्टेलिया गएका उनी २०१७ को नोभेम्बरबाट राजदूताबासमा चोरी गरि भागेको अस्ट्रेलिया स्थित नेपाली दूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


अस्ट्रेलिया स्थित नेपाली राजदूतावासको सम्पर्क बाहिर गएसंगै वाङ्छुका ककृत्यहरु बाहिर आउन थाले । आफ्नो कर्तुतहरुबाट उम्कन राजदूतलाई समेत मुछ्न खोजे पछि वाङ्छु बिरुद्ध पीडितहरुको थप आक्रोस चुलिँदो छ ।

उसका बिरुद्ध पीडितहरु निम दावा शेर्पा, निम बुटी शेर्पा, टासी ल्हामु शेर्पाले काठमाडौं जिल्ला अदालतमा उजुरी गरेका छन् । ठगी गरेको रकम उस्की श्रीमती र स्वयम् वाङ्छुकै बैँक खातामा पाईएपछि श्रीमती फुल्बु शेर्पालाई हिरासतमा राखिएको छ । वाङ्छुका नाममा पक्राउ पुर्जी जारी गरिएको छ । ईन्टरपोलले उस्का नाममा डिफ्युजन नोटिस जारी गरेको छ ।

वाङ्छुले चोरी गरी ठगेर भागेसंगै अस्टेलियाको परराष्ट्र मन्त्रालय, त्यहाँको प्रदेश प्रहरी, नेपालको परराष्ट्र मन्त्रालयमा पीडितहरुको उजुरी सहित एक बर्ष अघि नै रिपोर्ट पठाईएको अस्ट्रेलिया स्थित नेपाली राजदूतावासले जनाएको छ ।

ठगीको क्रममा फोनमा गरेको कुराकानी : 

वाङ्छुले ठगेका पीडितहरुको कहानी :

 


वाङ्छु ले आफ्नै बारेमा लेखेको गोप्य कहानी

वाङ्छु ले तयार पारेका किर्ते कागजहरु :

 

वाङ्छुका ठगीका प्रमाणहरु :