काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतापत्रमा बिहीबार बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


उक्त सम्झौता अनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सकिने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।