काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबार बिहानको तापक्रम यो वर्षकै सबैभन्दा कम १ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


मौसमविद राजु प्रधानाङ्गले बिहान ५ः ४५ बजे न्यूनतम तापक्रम १ डिग्री मापन भएको र यो यस वर्षकै सबैभन्दा कम रहेको जानकारी दिए । यसअघि शनिबारको न्यूनतम तापक्रम १.५ र शुक्रबार १.४ डिग्री सेल्सियस मापन भएको थियो ।


ADVERTISEMENT

# # #


मौसमविद प्रधानाङ्गले काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम अझै घट्ने र माइनसमा झर्न सक्ने सम्भावना पनि रहेको बताए । आइतबार काठमाडौँ उपत्यकामा १६ देखि १८ डिग्री सेल्सियसको बीचमा अधिकतम तापक्रम रहने अनुमान गरिएको छ ।

आइतबार दिउँसो भने देशभरको मौसम सामान्यतया सफा रहने मौसमविद प्रधानाङ्गले जानकारी दिए ।