काठमाडौँ– प्रभु बैँकले गोरखाको बारपाकमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । गोरखाको सुलीकोट गाउँपालिका वडा नं. १ स्थित बारपाकमा शनिबारदेखि सुरु भएको शाखाको पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठूबाट एक समारोहका उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै नेता श्रेष्ठले २०७२ सालको महाभुकम्पबाट अति प्रभावित बारपाकमा आफ्नो शाखा कार्यालय खोलेर बैँकले सर्वसाधारणहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा प्रशंसा गरे । समारोहमा विशेष अतिथिका रुपमा आमन्त्रित नेपाल पुननिर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले भूकम्प पिडितहरुलाई प्राथमिकताका साथ सहुलियत ब्याजदरमा भूकम्प पिडित कर्जा प्रवाह गर्ने उद्देश्यले शाखा कार्यालय विस्तार गरेकोमा प्रभु बैंकप्रति आभार प्रकट गरे ।


ADVERTISEMENT

# # #


यस्तै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नेपाल सरकारको मुख्य लक्ष्यलाई प्रभु बैंकले बैंकिङ्ग सेवा मार्फत् योगदान पुर्याउने अठोट गरे अनुसार बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका आम सर्वसाधारणहरुलाई बैंकिङ्ग प्रणालीमा ल्याउन गाउँगाउँमा पुगेर शाखा कार्यालय स्थापना गरिरहेको बताए ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकबाट जारी सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत विभिन्न ५ जना भुकम्प पिडितहरुलाई बैंकको तर्फबाट सहुलियत ब्याजमा भुकम्प पिडित घरकर्जा स्वीकृत गरी हस्तान्तरण गरिएको थियो ।

बैँकको शाखा सञ्चालन संगै सुलिकोट बारपाक गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।