काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विषयमा संघीय संसद अन्तरगत संसदीय विशेष सुनुवाइ समितिमा सुनुवाइ भइरहेको छ ।


ADVERTISEMENT


यस क्रममा राणाले न्यायीक सुशासन कायम गर्ने र भ्रष्टाचारमा शुन्य शहनशीलता अपनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै भ्रष्टाचार तथा न्यायीक विचलन गर्ने व्यक्तिको खोजी गर्ने पनि उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


उच्च अदालतमा न्यायाधीशको रुपमा आउँदा ‘ब्ल्याकमेल’ गरेको, शिवकुमार मण्डलको जग्गाको फैसला गर्दा बिचौलियासँग साँठगाँठ गरेको लगायत विषयमा राणामाथि समितिमा प्रश्न उठाइएको छ । राणामाथि अहिले पनि प्रश्न सोध्ने क्रम जारी छ ।

समितिको जारी बैठकमा समिति सदस्य पुष्पा भुसालले सोधिन् ुबिचौलिया हाबी भए के योजना छ ?’ । अर्का सदस्य पूर्णकुमारी सुवेदीले भने न्यायमा गरिब र तल्लो वर्गको विश्वास किन नभएको ? भन्दै प्रश्न सोधेकी छन् ।