काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको सुनुवाई स्थगित भएको छ । कर्मचारीहरुको आन्दोलनले संसदीय सुनुवाई विशेष समितिको बैठक प्रभावित भएपछि सुनुवाई स्थगित भएको हो । अतिरिक्त समयमा कार्यालय सञ्चालन भएको समयअवधिमा काम गरेबापत भत्ता व्यवस्था गर्नुपर्ने भन्दै कर्मचारी आन्दोलनमा छन् ।


ADVERTISEMENT


प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो अवधारणा र कार्ययोजनाबारे बैठकमा बोलेका थिए । लगत्तै संघीय संसदका सांसदहरुले आफ्नो धारणा राखेका थिए । सुनुवाइ समितिमा रहेका १५ मध्ये १२ सांसदले धारणा राखे भने सांसदद्वय सुरेन्द्र पाण्डे र निरुदेवी पालले बोल्न बाँकी थियो ।


ADVERTISEMENT

# # #


कर्मचारीले नाराबाजी गर्दै आन्दोलन गर्न थालेपछि समितिका सभापति लक्ष्मणलाल कर्णले आगामी मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् । चोलेन्द्रविरुद्ध समितिमा ९ वटा उजुरी परेको थियो । सो उजुरीमाथि सांसदहरुले आफ्ना राय प्रस्तुत गरिरहेका थिए । तर, कर्मचारीहरुको आन्दोलनका कारण सम्भव नभएको सभापति कर्णले बैठक मंगलबारलाई तोकेका छन् ।