काठमाडौं । हास्य कलाकार राजाराम पौडेल निर्माताको रुपमा देखिएका छन् । उनी फिल्म ‘सयकडा दश’ मार्फत निर्माता बनेका हुन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर रिलिज गरिएको छ । सन्देश मुलक ट्रेलरले भष्टाचारको मुद्दा बोलेको छ ।


ADVERTISEMENT


पहिलो पटक निर्माता बनेका पौडेलले पैसाको नाफाभन्दा देशको नाफालाई प्राथमिकतामा राखेको बताए । ‘जिन्दगीमा रहरले फिल्म खेलेँ, पैसा कमाउन खेलेँ । तर, सयकडा दश खेलेपछि आत्मा सन्तुष्ट र गर्व महशुस भएको छ ।’ फिल्ममले भष्टार बिरुद्धको अभियान अगाडि ल्याउने उनको भनाई रहेको छ ।


ADVERTISEMENT

# # #


फिल्म रामशरण पाठकले निर्देशन गरेका हुन् । उनले फिल्म विषेश गरेर युवाहरुले हेर्नु पर्ने बताए । ‘समाज र राजनीतिसँग फिल्मको कथावस्तु सीधै जोडिएको छ’ उनले भने ‘प्रेम भर्सेस भ्रष्टाचार बटमलाइनमा फिल्म बनेको हो ।’

अभिनेता मनोज गजुरेल भने कार्यक्रम सकिएपछि पुगेका थिए ।

अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवि डंगोल, रस्मी भट्ट समेत मुख्य रहेका फिल्म दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको हो ।

फिल्मलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जीव न्यौपानेले निर्माण गरेका हुन् । फिल्मलाई स्वदेशभन्दा पहिले नेपाली म्यानमार र थाइल्यान्ड प्रिमियर गरिने भएको छ । स्वदेशमा भने १८ माघबाट प्रदर्शनमा आउँदैछ ।

कार्यक्रममा नेपाल चलचित्र प्राविधिक संघका नवनिर्वाचित अध्यक्ष पुष्कर लामा लगायत चलचित्र प्राविधिक संघ (नेफ्टा)का नवनिर्वाचित कार्यसमितिलाई सम्मान प्रदान गरियो । सोही कार्यक्रममा कलाकार राजाराम पौडेलको जन्मदिन समेत मनाइएको थियो ।