काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिगको आगामी खेल तालिका केही हेरफेर गरेको छ ।


ADVERTISEMENT


सोमबारदेखि शुरु हुने १२ औं चरणका खेलहरु अन्तर्गत लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लब र हिमालयन शेर्पावीचको खेल सारिएको छ ।


ADVERTISEMENT

# # #


मनाङले ११ औं खेलसम्म अपराजित रहँदै उपाधिमाथि कब्जा जमाईसकेको छ ।

एन्फाले आइतबार सार्वजनीक गरेको खेल तालिका अनुसार आज एनआरटी र मछिन्द्र, फ्रेन्ड्स र ब्रिगेड ब्वाईज तथा जावलाखेल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, भोलि मंगलबार सरस्वती युथ क्लब र च्यासल, एपीएफ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।