काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेलले बराबरी खेलका छन् ।


ADVERTISEMENT


हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा भएको खेलमा आर्मी र जावलाखेलले गोलरहित बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका हुन् । दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमै चित्त बुझाएका हुन् ।


ADVERTISEMENT

# # #


बराबरीसँगै आर्मी १२ खेलबाट २२ अङ्क बनाउँदै तालिकाको चौथो तथा जावलाखेल १२ खेलबाट १२ अङ्कसहित नवौँ स्थानमा छ । लिगअन्तर्गत मङ्गलबार पहिलो खेलमा सरस्वती युथ क्लब र च्यासल युथ क्लबबीच तथा अर्को खेलमा एपिएफ र नेपाल पुलिसबीच प्रतिष्पर्धा हुनेछ ।