काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेतृ तथा पूर्वराज्यमन्त्री कमला शर्माको ५५ वर्षको उमेरमा सोमबार निधन भएको छ ।


ADVERTISEMENT


राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका संयोजक तथा संविधानसभाका सदस्यसमेत रहनुभएकी शर्मा कलेजो र मिर्गौलाको समस्याबाट ग्रस्त थिइन्। उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए। शर्माका श्रीमान्, एक छोरा र तीन छोरी छन्। उनको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।


ADVERTISEMENT

# # #


पार्टी अध्यक्ष पशुपति शाशेर जबराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । शर्माको निधनमा केन्द्रीय कार्यसमितिको सोमबार बसेको आकस्मिक बैठकले उनको निधनबाट पार्टी र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति पुगेको ठहर गरेको छ ।

त्यसैगरी पार्टी केन्द्रीय सदस्य शर्माको असामयिक निधनमा शोक जनाउन पार्टी केन्द्रीय कार्यालयसहित पार्टीका सबै तहका कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइने र कुनै औपचारिक काम नगरिने निर्णय गरेको छ ।