काठमाडौँ– हिजो सम्पन्न स्थानीय तह दास्रो चरणको निर्वाचनमा बावुराको स्वामीकार्तिक गाउँपालिकामा एमालेले अग्रता कायम गरेको छ ।


ADVERTISEMENT


उक्त गाउँपालिकामा नेकपा एमालेका चिरञ्जिवी शाहीले ४ हजार ८ सय ६७ मतका साथ अग्रता कायम गरेका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतबहादुर रोकायाले ३ हजार ३ सय ५९ मत प्राप्त गरी एमाले उम्मेद्वारलाई पच्छ्याइरहेका छन् । यस्तै नेकपा माओवादी केन्दका रमेशराज विश्वकर्माले ६ सय ५ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकी मिया बुढाले ३ हजार ४ सय १२ मतका साथ अग्रता कायम गरेकी छन् । उनलाई नेपाली कांग्रेसकी मैमा जोशीले २ हजार ४ सय १९ मतले पच्छ्याइरहेकी छन् । नेकपा माओवादी केन्द्रकी उपाध्यक्षकी उम्मेद्वार सुन्जिरा रोकायाले १६ सय ४ मत प्राप्त गरेकी छन् ।

६ हजार ३ सय ५२ मतदाता रमेका उक्त गाउँपालिकामा ५ वटा वडा रहेका छन् ।