काठमाडौं । फ्रान्सले नयाँ वर्ष २०१९को अवसरमा हुन सक्ने अवाञ्छित गतिविधिलाई रोक्न थप १ लाख ४७ हजार सुरक्षा फौज देशव्यापी रुपमा परिचालन गरेको छ ।


ADVERTISEMENT


इन्धनमा कर लगाउने घोषणाको विरुद्धमा लामो समयदेखि आन्दोलनरत समूह ‘ यलो भेस्ट’ले नयाँ वर्षको अवसरमा पेरिसको च्याम्पस इलीसी एभिन्यूमा प्रदर्शन गर्ने घोषणा गरेपछि यति धेरै सुरक्षाकर्मी खटाउन लागिएको हो ।


ADVERTISEMENT

# # #


फ्रान्सको आन्तरिक मन्त्रालयले चाहिं आतंककारीको उच्च स्तरको धम्की तथा अघोषित रुपमा हुनसक्ने प्रदर्शनलाई ध्यान दिएर सुरक्षाकर्मी खटाउन लागिएको जनाएको छ । (एजेन्सी)