विराटनगर– मोरङको बिराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ । विराटनगरमा १ देखि ५ वडाको एकैपटक मतगणना सुरु गरिएको हो ।


ADVERTISEMENT


दलहरुले मतगणना स्थलमा एक जना पदाधिकारीका लागि कम्तिमा एक जना प्रतिनिधि राख्न पाउनुपर्ने बताएपछि सर्वदलीय बैठकमा सहमति जुट्न ढिला भएपछि मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगका प्रतिनिधिले ठाउँ सानो रहेका कारण पनि एउटा दलबाट एक र बढीमा दुई जना भन्दा धेरै प्रतिनिधि राख्न नसकिने बताउँदै आएको थियो ।


ADVERTISEMENT

# # #


विराटनगरको आदर्श स्कुलमा महानगरको मतगणना सुरू भएको हो । विराटनगर महानगरमा नेपाली कांग्रेसका तर्फबाट मेयरमा भीम पराजुली, एमालेका तर्फबाट बिनोद ढकाल तथा समाजबादी फोरम र माओवादी केन्द्र गठबन्धनका तर्फबाट उमेशकुमार यादवले उमेदवारी दिएका छन् ।

एमालेले फोरम लोकतान्त्रिकसँग गठबन्द्धन गरेको छ । एमालेले उपमेयरमा फोरम लोकतान्त्रिककी सूची चौधरीलाई समर्थन गरेको छ । १९ वटा वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । विराटनगर महानगरमा ११९ मतदान केन्द्रबाट मतदान भएको थियो । मोरङमा ७० प्रतिशत मतदान भएको छ ।