बाजुरा– स्थानीय तह दोस्रो चरणको निर्वाचनमा बाजुराको छेडेदह गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।


ADVERTISEMENT


अध्यक्ष पदमा नेपाली कांग्रेसका नरबहादुर साउँद विजयी भएका हुन् । उनले ३ हजार ७०५ मत प्राप्त गरेका छन् । साउँदका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका लाल बहादुर आलीले ३ हजार १ सय मत मात्र प्राप्त गरे र


ADVERTISEMENT

# # #


यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै कुन्तादेवी साउँद निर्वाचित भएकी छन् । उनले ३ हजार ६ सय ७१ मत ल्याएकी छन् । उनकी निकटन प्रतिद्वन्द्वी नेकपा एमालेकै पित्रा शाहीले ३ हजार १ सय मत मात्र पाप्त गरिन् ।

कुल मतदाता ९ हजार ६ सय ७७ रहेको छेडेदहमा ७ वटा वडा रहेका छन् ।