विजय थापा , सामाजिक अभियन्ता एवम् विद्यार्थी 


ADVERTISEMENT


तपाई डा. केसीका विरुद्ध अनसन बस्छु भनेर चर्चामा आउनु भयो । केसीसंग भिड्नै लाग्नु भएको हो ?


ADVERTISEMENT

# # #


गोविन्द केसी भनेर मिडियामा आइरहँदा म आफैलाई टेन्सन हुन्छ । गोविन्द केसी भन्ने एउटा व्यक्तिविरुद्ध भिडेर लागेको हो कि भन्ने मान्छेलाई लाग्न सक्छ । तर वास्तवमा त्यो होइन । मैँले सामाजिक न्याय, संवैधानिक सर्वोच्चतालाई कायम गर्दै देशको कानुन र नीति नियमलाई मान्नुपर्छ भन्ने हो । गोविन्द केसी अनसन बसे म पनि बस्छु भनेको हो ।  किन भन्दा गोविन्द केसीले पहिले स्वास्थ्य शिक्षाका नाममा जुन किसिमका आन्दोलन ल्याउनु भएको थियो, त्यो बेलामा हामी पनि आन्दालनमा होमिएका हौँ । मैँले पनि त्यो आन्दोलनलाई सहयोग नै गरेको हो । तर, पछाडि सरकारी तलब भत्ता खाएर संविधान विरुद्ध गएर सर्वोच्च अदालतमाथि धावा बोल्ने खालका प्रवृत्ति भए । त्यहीँबाट गोविन्द केसीका पछाडि ज-जसले खेल्ने प्रयास गरे, त्यसलाई हामीले सहन नसकेर नै यो गरेका हौँ । गोविन्द केसीलाई लिएर आफ्ना राजनीतिक अभिष्ट पूरा गर्ने व्यक्तिहरु मौलाए । तिनीहरुका विरुद्ध नै हामी आएका हौँ । यही प्रवृत्तिका विरुद्ध म लड्न तयार छु ।

तपाई पहिलेपनि अनसन बसिसक्नु भएको छ । डा केसीविरुद्धै किन अनसन बस्नुपर्ने ? 

यदी उहाँले सँधै स्वास्थ्य शिक्षाका नाममा देशलाई यसरी ठप्प बनाएर बसिदिने, काम गरेर खान्छु भन्ने मान्छेलाई काम गरेर खान नदिने हो भने अब आमरण अनसन भन्दा विकल्प के छ ? हामी सडकमा गएर ढुंगामुढा र तोडफोड गर्न चाहन्नौँ । हामीसंग त्यस्ता अराजक कार्यकर्ता पनि छैनन् । लम्पसार परेर नै सरकारले सबै माग पूरा गर्छ भने उहाँसंग सम्झौता गर्ने हातले मसंग कसो सम्झौता नगर्ला ? संवाद गरौँ, सहमतिको वातावरण बनाऔँ भन्दा भन्दै पनि उहाँ इलाम जानुभयो । उहाँलाई खेलाउने प्रवृत्तिको लहलहैमा लागेर अनसन बस्नुहुन्छ भने हामी पनि तयार छौँ । अनसनका नाममा भोलि जो कसैले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रवृत्ति मौलाउँछ । त्यस कारण पनि हामी गोविन्द केसीका विरुद्ध असन बस्छौँ । यो कलेजलाई सम्बन्धन देऊ, यसलाई नदेऊ भनेर डा केसीले भन्न मिल्छ ? यसमा सरासर बाह्य तत्व लागेका छन् । आज नेपाली जनताका छोराछोरीले काम गरेर खान नपाउने अवस्था सिर्जना हुँदैछ । त्यसकारण फेरि पनि म भन्छु, हाम्रो लडाईं डा केसीसंग व्यक्तिगत होइन, डा केसी प्रवृत्तिसंग हो ।

के के कुरामा तपाईको आपत्ति हो ?

गोविन्द केसीले दुई चारवटा कुरा प्रस्टसंग भनिदिनुपर्छ जस्तो लाग्छ । माथेमा प्रतिवेदन जुन बनेको थियो, त्यसलाई आधार मान्ने हो भने, पहिलो कुरा एउटा शक्तिशाली चिकित्सा शिक्षा आयोग गठन गर्ने, त्यसमार्फत स्वास्थ्य शिक्षामा भएका बेथितीलाई समाधान गर्ने । प्रधानमन्त्रीले नै स्वयम् डा केसीलाई तपाई नै आयोगको अध्यक्ष बनेर समस्या समाधान गरिदिनुस् भन्दा उहाँ पछि हट्नु भयो । आफू नेतृत्वमा आएर समस्या समाधान गर भन्दा नमान्ने तर समस्या छ मात्रै भनेर बस्न भएन नि । सरकारी तलब खाएर राजनीति कसैले गर्नु हुन्न ।

अर्को, मानौँ काठमाडौँमा मेडिकल कलेज त धेरै भए होलान् । तर विकटमा त मेडिकल कलेज पुगेका छैनन् नि ? म चाहन्छु मेरो गाउँमा भाई बहिनीहरु आफ्नै गाउँ वा जिल्लामा पढ्न पाउन् । तर, यहाँ त देशमा नै मेडिकल कलेज खोल्न नदिइने भन्ने कुरा आयो । अब हाम्रा भाइबहिनी विदेश जानु पर्ने पढ्नका लागि ? यी महत्वपूर्ण कुरा हुन् । नेपाली विद्यार्थीले नेपालमा नै बसेर पढ्ने वातावरण बनाउनु पर्यो भन्ने माग हो ।

दूरदराजहरुमा मेडिकल कलेज खोल्ने ढोका बन्द गर्नुहुँदैन । काठमाडौं बाहिरका गरिब बिपन्न जनताका छोराछोरीहरुले आफ्नै ठाउँमा डाक्टर पढ्न र बन्न पाउने अधिकार खोसिनु हुँदैन ।

अब के गर्नुहन्छ ?

डा केसीले एक हप्ता पछाडी अनसन अनसन सार्नुभएको छ । हेरौँ उहाँले के गर्नुहुन्छ ? उहाँ जहाँ अनसन बस्नुहुन्छ त्यहीँ ठाउँमा र उही समयमा अनसन बस्न तयार छौं । अबको अनसन कि वार कि पारको हुन्छ ।