विराटनगर– विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले प्रारम्भिक अग्रता कायमै राखेको छ ।


ADVERTISEMENT


सो अनुसार महानगरको प्रमुख पदमा नेकाका भीम पराजुलीले ६३४, नेकपा (एमाले)का विनोद ढकालले ४४१, सङ्घीय समाजवादी फोरमका उमेश यादवले ५३  र राप्रपाका प्रह्लाद साहले ६ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


सोहीअनुरुप उपप्रमुख पदमा नेकाका इन्दिरा कार्कीले  ५१८, नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले ११८, नेकपा (माओवादी केन्द्र)की नमिता न्यौपानेले २५७ मत प्राप्त गरेका छन् ।
यहाँ नेकपा एमालेले नेपाल लोकतान्त्रिक फोरम र माओवादी केन्द्रले सङ्घीय समाजवादी फोरमसंग गठबन्धन गरेको छ ।

मोरङको १७ सत्र स्थानीय तहमध्ये ८ वटामा कांग्रेस, ७ वटामा एमाले र २ वटामा फोरम लोकतान्त्रिकले अग्रता लिएको छ । शुक्रबार साँझ सम्मको मत परिणाम अनुसार मोरङका आठ नगरपालिका मध्ये बेलबारी , रतुवामाई , सुनवर्षी र रंगेलीमा काँग्रेसले अग्रता लिएको छ । सुन्दरहरैचा , पथरीशनिश्चरे , उर्लाबारी , र लेटांग नगरपालिकामा अग्रता छ ।

मोरङका आठ गाउँपालिका मध्ये मिक्लाजुंग , धनपालथान , बुढीगंगा गाउँपालिकामा एमालेको अग्रता छ । कांग्रेसले केरावारी , जहदा , कानेपोखरी गाउँपालिकामा अग्रता लिएको छ । फोरम लोकतान्त्रिकले कटहरी र ग्रामथान गाउँपालिकामा अग्रता लिएको छ ।