काठमाडौँ– कनफेडेरेसनकपको फाइनल विश्वकप विजेता जर्मनी र कोपा अमेरिका च्याम्पियन चिलीबीच हुने भएको छ । प्रतियोगिताको बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा जर्मनीले मेक्सिकोलाई ४–१ ले हरायो ।


ADVERTISEMENT


लियोन गोरत्ज्काले सुरुआती आठ मिनेटमा दुई गोल गरेपछि जर्मनीले सोचीमा भएको खेलमा सहज जित निकालेको हो । जर्मनीका लागि टिमो वेरनर र आमिन योनेसले पनि गोल गरे ।


ADVERTISEMENT

# # #


मेक्सिकोको तर्फबाट मार्को फाबिनले एक गोल फर्काए । फाइनल आइतबार सेन्ट पिटरसबर्गमा हुनेछ । यसअघि पोर्चुगल र मेक्सिकोले तेस्रो स्थानका लागि खेल्नेछन् । पहिलो सेमिफाइनलमा चिलीले पोर्चुगललाई हराएको थियो ।