काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कर्मचारीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनालाई समयमै स्म्पन्न गराउन आफूहरू जस्तो सुकै योगदान गर्न पनि तयार रहेको बताएका छन्।


ADVERTISEMENT


उनीहरूले सो आयोजनाको पानी काठमाडौँ उपत्यकामा ल्याउन आफूहरू सक्षम र तयार रहेकोसमेत बताएका छन्।


ADVERTISEMENT

# # #


केयुकेएलअन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी संगठनको शुक्रबार भएको एकता भेलामा कर्मचारीले १८ घण्टासम्म खटेर भए पनि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन र सहज ढंगले वितरण गर्न सक्षम रहेको बताएका हुन्।

कर्मचारी युनियन एकीकरण कार्य दलका संयोजक सुरेश कर्माचार्यले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउने वातावरण तयार गर्न र वितरण गर्न आफूहरू दिनरात नभनी खट्ने प्रतिबद्धता जनाए।

भेलामा अधिकांश कर्मचारीले छिटोभन्दा छिटो मेलम्चीको पानी ल्याउन सरकारले कुनै कसर बाँकी राख्न नहुने बताएका थिए। सो अवसरमा खानेपानीमन्त्री बीना मगरले केही तत्वले भ्रम फैलाउन खोजे पनि मेलम्चीको पानी काठमाडौँमा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

‘केही स्वार्थी समूहले मेलम्ची नआओस् भन्ने चाहेको छु, उनले भने, ‘मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारलाई विफल बनाउन स्वार्थ बोकेर केही व्यक्ति लागेका छन्। तर सरकार कहीँकतै विचलित हुने छैन। काममा दृढ संकल्पका साथ मन्त्रालय अघि बढेको छ।’ मन्त्री मगरले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा सहज ढङले वितरण गर्न कर्मचारीमा सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउँदै मेलम्ची आयोजना मात्रै नभई देशैभरि रहेका मुख्यमुख्य शहरमा खानेपानीको आपूर्ति गर्न केही ठूल ठूला आयोजना अगाडि बढाउन लागिएको जानकारी दिए।

खानेपानी तथा सरसफाइको क्षेत्रमा पहिलोपटक मन्त्रालयले साझा ऐन कानुन बनाउन लागि परेको उल्लेख गर्दै उनले अहिलेको अवस्था र भोलिको आवश्यकतालाई ध्यानमा राखेर खानेपानी विधेयक तयार भएको जानकारी दिए।
रासस